थप ४४ सङ्क्रमितकाे ज्यान गयाे, २ हजार ४८२ जनामा सङ्क्रमण पुष्टि

नौलो समाचार संवाददाता
२०७८ भाद्र ९, बुधबार मा प्रकाशित ३७७ पटक पढिएको
थप ४४ सङ्क्रमितकाे ज्यान गयाे, २ हजार ४८२ जनामा सङ्क्रमण पुष्टि

भदौ ९, काठमाडौं। नेपालमा कोरोना सङ्क्रमणका कारण थप ४४ जनाको ज्यान गएको छ। आज थपिएका ४४ जनासहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार ६ सय १२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै पछिल्लो २४ घन्टामा थप २ हजार ४८२ जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार दुई सय ९० जनाको नमुना परीक्षण गर्दा २ हजार ४ ८२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आज नमुना परीक्षण गरिएकामध्ये १६ दशमलव २३ प्रतिशतमा सङ्क्रमण देखिएको छ । आज थपिएकासहित नेपालमा अहिलेसम्म ८ लाख ३४ हजार चार सय ५० जनामा सङ्क्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।

यही अवधिमा थप १ हजार सात सय ८१ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ३ हजार ९६४ पुगेको छ ।

अहिले नेपालमा ३८ हजार दुई सय ८७ जना सक्रिय सङ्क्रमित रहेकामा ६ सय १० जनाको आईसीयू र एक सय ६१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस