काभ्रेमा आज ४ हजार ८९ विद्यार्थीसहित ६ हजार ९२३ ले लगाए कोरोना बिरुद्धको खोप

नौलो समाचार संवाददाता
२०७८ भाद्र ९, बुधबार मा प्रकाशित ५८६ पटक पढिएको
काभ्रेमा आज ४ हजार ८९ विद्यार्थीसहित ६ हजार ९२३ ले लगाए कोरोना बिरुद्धको खोप

भदौ ९, काभ्रे। काभ्रेमा कोरोना बिरुद्धको खोप लगाउने क्रम आज पनि जारी रहेको छ। आज (बुधबार) जिल्लाको विभिन्न पालिकामा गरी जम्मा ६ हजार ९२३ जनाले भेरोसेलको खोपको पहिलो र दोस्रो डोज लगाएका छन्।

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार १८ वर्ष पुगेका ४ हजार ८९ जना विद्यार्थीहरुले भेरोसेलको पहिलो मात्रा लगाएका छन्। जिल्लाको बनेपा नगरपालिकामा सबैभदा धेरै २ हजार ३२८ जना विद्यार्थीले खोप लगाए। यस्तै धुलिखेलमा ६४९ जना, पनौतीमा ५८२, नमोबुद्धमा ३२५, तेमालमा २०२, मण्डनदेउपुरमा ३ जना विद्यार्थीहरुले खोप लगाएका छन्।

यसैगरी, भेरोसेलको दोश्रो मात्रा लगाउनेको संख्या २ हजार ८३४ जना रहेको छ। जसमध्ये धुलिखेलमा १ हजार ९६९ जना, तेमालामा ६०९, पनौतीमा १७०, मण्डनदेउपुरमा ५९, रोशीमा १६, नमोबुद्धमा ११ जना रहेका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनीकाको खोप लगाउनेको संख्या २ लाख १ हजार २९३ जना रहेको छ।


प्रतिक्रिया दिनुहोस