प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज राजीनामा दिने

नौलो समाचार संवाददाता
२०७८ भाद्र १०, बिहिबार मा प्रकाशित २८० पटक पढिएको
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज राजीनामा दिने

भदौ १०, विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिने संभावना बढेको छ । आज दिउँसो ११ बजे बोलाईएको नेकपा एमाले संसदीय दलको बैठमा राइले एमाले संसदीय दलको नेताबाट राजिनामा दिने तयारी गरेको बुझिएको छ ।

सोही बैठकले अर्का एमाले नेता भीम आचार्यलाई संसदीय दलको नेता चयन गर्ने जनाइएको छ । संसदीय दलको बैठकले आचार्यलाई नेता चयन गरेपछि मुख्यमन्त्री शेरधन राईले मूख्यमन्त्रीको पदबाट पनि राजिनामा दिने र आजै आचार्यले मुख्यमन्त्रीको सपथ लिने तयारी पनि भइरहेको छ ।

९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमाले एक्लैसँग ५१ सांसद छन् । जुन प्रदेशसभाको स्पष्ट बहुमत हो । एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेश १ मा एमालेबाट नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा जाने सांसदको संख्या ९ जना रहेको भनिए पनि अहिले त्यो संख्या घटिसकेको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस