प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री नियुक्त, शपथग्रहण सम्पन्न

नौलो समाचार संवाददाता
२०७८ भाद्र १०, बिहिबार मा प्रकाशित ४९१ पटक पढिएको
प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री नियुक्त, शपथग्रहण सम्पन्न

भदौ १०, विराटनगर। प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद भीम आचार्य नियुक्त हुुनुभएको छ। उहाँले आजै शपथ पनि लिनुभएको छ ।

शेरधन राईको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नेकपा एमाले विभाजनमा माधव नेपाललाई साथ नदिएपछि राईको स्थानमा आचार्यलाई मुख्यमन्त्री बनाइएको हो ।

यसअघि, निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई दलको नेतामा प्रस्ताव गर्दै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खोलिदिनुभएको थियो ।

आचार्यले शुरुदेखि नै प्रदेश १ को मुख्यमन्त्री हुने आकांक्षा राखे पनि पार्टी विभाजनपछि मात्रै उहाँलाई यो अवसर जुटेको हो ।

पार्टी विभाजनअघि आचार्य माधव नेपाल समूहमा हुनुहुन्थ्यो भने राई ओली समूहमा हुनुहुन्थ्यो । तर पार्टी विभाजन गर्ने नेता नेपालको निर्णयमा भने आचार्यले साथ दिनुभएन ।

२०७४ माघ २६ मा दलको नेताको चुनावमा आचार्य राईसँग पराजित हुनुभएको थियो । ५१ सदस्यीय एमाले सांसदमध्ये राईलाई २६ र आचार्यलाई २४ मत परेको थियो । एक म तबदर भएको थियो ।

मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै सञ्चारकर्मीसँग आचार्यले सरकारले बहुमत जोगाउने दाबी गर्नुभयो । आचार्यले लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गरेर सरकारले बहुमत पुर्‍याउने बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस