जनगायक जेबी टुहुरेको निधन

नौलो समाचार संवाददाता
२०७८ भाद्र १०, बिहिबार मा प्रकाशित ५८४ पटक पढिएको
जनगायक जेबी टुहुरेको निधन

भदौ १०, काठमाडौ। जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ । लामो समयदेखि बिमारी भएका उहाँको आज निधन भएको हो ।

मस्तिष्कघात भएपछि टुहेरेको बल्खुस्थित बयोधा अस्पतालमा उपचारर भइरहेको थियो । ७६ वर्षिय टुहुरेको आइसियुमा उपचार क्रममा निधन भएकाे हाे ।

मंगलबार दिउँसो कलंकीस्थित घरमा अचानक बेहोस भएर लडेपछि उहाँलाई अस्पताल पुर्‍याइएको थियो। मस्तिष्कघातपछि उहाँको मस्तिष्कको ७० प्रतिशत भागमा असर पारेको अस्पतालले जनाएको छ।

सुनसरीको धरान घर भएका टुहुरे वि.सं २०२४ सालदेखि प्रगतिशील सांस्कृतिक क्षेत्रमा लाग्नुभएको हो। उहाँले ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर, जस्ता चर्चित गीतहरु गाउनुभएको छ।

संविधानसभा सदस्य समेत रहनुभएका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो। उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस