कोरोनाबाट निधन भएकाको परिवारलाई सहयोग रकम लिन आउन पनौती नगरपालिकाको अनुरोध

नौलो समाचार संवाददाता
२०७८ भाद्र १०, बिहिबार मा प्रकाशित ११५९ पटक पढिएको
कोरोनाबाट निधन भएकाको परिवारलाई सहयोग रकम लिन आउन पनौती नगरपालिकाको अनुरोध

भदौ १०, काभ्रे। पनौती नगरपालिकाले सहयोग राहत रकम लिन नगरवासीहरुमा सूचना जारी गरेको छ। पनौती नगर क्षेत्रका कोरोना कोभिड-१९ का कारण मृत्यु भएका परिवारजनलाई सहयोग स्वरुप रु. २५००० (पच्चीस हजार) उपलब्ध गराउने भएको हो।

पनौती नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले आवश्यक कागजातसहित स्वास्थ्य शाखामा सहयोग रकमको लागी सम्पर्क गर्न अनुरोध गर्नुभएको छ।

कोभिड-१९ का कारण मृत्यु भएका परिवारजनले रकम बुझ्न आउदा पी.सी.आर वा एन्टीजेन्ट पोजेटिभ भएको फोटोकपी, अस्पतालले कोभिडबाट मृत्यु भएको सम्बन्धि जारी गरेको प्रमाण पत्र, मृत्यु दर्ताको प्रमाण पत्र, आफु रहेको वडा कार्यालयको सिफारिस, हकवालाको नागरिकताको फोटोकपी साथमा ल्याउन भनिएको छ।

यस्तै नजिकाको हकवाला नभएमा वडाबाट सम्बन्धित व्यक्तिले राहत सहयोग पाउने गरी गरिएको किटानी सिफारिस लिएर आउन सूचनामा भनिएको छ।

पनौती नगरपालिका क्षेत्रमा  हालसम्म ३० भन्दा बढीको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख तिमल्सिनाले जानकारी दिनुभयो।

काभ्रेमा हालसम्म कोरोना संक्रमणका कारण १८७ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस