काभ्रेमा आज ८५ जना निको भए, ४३ जना संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७८ भाद्र १०, बिहिबार मा प्रकाशित ५८७ पटक पढिएको
काभ्रेमा आज ८५ जना निको भए, ४३ जना संक्रमित थपिए

भदौ १०, काभ्रे। काभ्रेमा आज ८५ जना नयाँ संक्रमित उपचार पछी स्वस्थ भएका छन्। आजै जिल्लाभर ४३ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ४४४ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका ८५ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ५ जना, धुलिखेल १२, पनौतीमा १२, पाँचखालमा २, नमोबुद्धमा १, मण्डनदेउपुरमा १, बेथानाचोकमा १, खानीखोलामा १ जना तथा एन्टीजेन परिक्षणबाट बनेपामा १, नमोबुद्धमा ४, पनौतीमा ३ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १४ हजार ६३ पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

जिल्लाभर आज ८ हजार १६५ जनाले कोरोना बिरुद्दको खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख ९ हजार ४५८ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस