काभ्रेमा आज ८ हजार १६५ जनाले लगाए कोरोना बिरुद्धको खोप

नौलो समाचार संवाददाता
२०७८ भाद्र १०, बिहिबार मा प्रकाशित ९१७ पटक पढिएको
काभ्रेमा आज ८ हजार १६५ जनाले लगाए कोरोना बिरुद्धको खोप

भदौ १०, काभ्रे। काभ्रेमा कोरोना बिरुद्धको खोप लगाउने क्रम आज पनि जारी रहेको छ। आज (बिहिबार) जिल्लाको विभिन्न पालिकामा गरी जम्मा ८ हजार १६५ जनाले भेरोसेलको खोपको पहिलो र दोस्रो डोज लगाएका छन्।

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार भेरोसेलको खोपको पहिलो मात्रा लगाउनेको संख्या ३ हजार ८३२ रहेको छ भने ४ हजार ३२९ जनाले भेरोसेलको खोपको दोश्रो मात्रा लगाएका छन्।

भेरोसेलको खोपको पहिलो मात्रा : रोशी गाउँपालिकामा १ हजार २४६ जना रहेका छन् भने धुलिखेलमा ९५० जना, बनेपामा ५४४, नमोबुद्धमा ४७३, तेमालमा ३८२, मण्डनदेउपुरमा १८०, बेथानाचोकमा ५७ जना रहेका छन्।

यस्तै, भेरोसेलको खोपको दोश्रो मात्रा : बनेपामा २ हजार ७६ जना, धुलिखेलमा १ हजार ८२ जना, बेथानाचोकमा ५६६, नमोबुद्धमा ३१५, तेमालमा २१९, महाभारतमा ५३, मण्डनदेउपुरमा ३८ जनाले खोप लगाएका छन्।

यसैगरी, बेथानाचोक गाउँपालिकामा ४ जनाले कोभिसिल्डको दोश्रो मात्रा खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनीकाको खोप लगाउनेको संख्या २ लाख ९ हजार ४५८ जना रहेको छ।


प्रतिक्रिया दिनुहोस