२ हजार ६५ कोरोना संक्रमित थपिए, २५ को मृत्यु

नौलो समाचार संवाददाता
२०७८ भाद्र ११, शुक्रबार मा प्रकाशित ४३१ पटक पढिएको
२ हजार ६५ कोरोना संक्रमित थपिए, २५ को मृत्यु

भदौ ११, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ७५२ जनाको पीसीआर परीक्षणमा १ हजार ५७७ र ४ हजार ३६५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८८ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ३३७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९३.६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस