काभ्रेमा आज ३१ जना संक्रमित थपिदा ३२ जना निको भए

नौलो समाचार संवाददाता
२०७८ भाद्र ११, शुक्रबार मा प्रकाशित ४२२ पटक पढिएको
काभ्रेमा आज ३१ जना संक्रमित थपिदा ३२ जना निको भए

भदौ ११, काभ्रे। काभ्रेमा आज ३१ जना नयाँ संक्रमित थपिएका छन्। आजै जिल्लाभर ३२ जना संक्रमित उपचारपछी निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ४४३ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका ३१ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा १० जना, धुलिखेल ४, नमोबुद्धमा ४, मण्डनदेउपुरमा ३ जना, तथा एन्टीजेन परिक्षणबाट पाँचखालमा ५, बेथानाचोकमा ३, बनेपामा १, भुम्लुमा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १४ हजार ९४ पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

जिल्लाभर आज ५ हजार ८३८ जनाले कोरोना बिरुद्दको खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख १५ हजार २९६ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस