प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त

नौलो समाचार संवाददाता
२०७८ भाद्र ११, शुक्रबार मा प्रकाशित ९६८ पटक पढिएको
प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त

भदौ ११, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ।

नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्‌को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आउनुभएका बालाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो।

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ ।

पदावधि समाप्त हुने एक महिना अघि अर्थात साउन २५ गतेदेखि उहाँ घरविदामा बस्ने हुनाले जेष्ठताका आधारमा शर्मा कायममुकायम प्रधान सेनापति रहनुभएको थियो।


प्रतिक्रिया दिनुहोस