काभ्रेमा आज ५ हजार ८३८ जनाले लगाए कोरोना बिरुद्धको खोप

नौलो समाचार संवाददाता
२०७८ भाद्र ११, शुक्रबार मा प्रकाशित ६३७ पटक पढिएको
काभ्रेमा आज ५ हजार ८३८ जनाले लगाए कोरोना बिरुद्धको खोप

भदौ ११, काभ्रे। काभ्रेमा कोरोना बिरुद्धको खोप लगाउने क्रम आज पनि जारी रहेको छ। आज (शुक्रबार) जिल्लाको विभिन्न पालिकामा गरी जम्मा ५ हजार ८३८ जनाले भेरोसेलको खोपको पहिलो र दोस्रो डोज लगाएका छन्।

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार भेरोसेलको खोपको पहिलो मात्रा लगाउनेको संख्या २ हजार ३३ रहेको छ भने ३ हजार ७९६ जनाले भेरोसेलको खोपको दोश्रो मात्रा लगाएका छन्।

भेरोसेलको खोपको पहिलो मात्रा : रोशी गाउँपालिकामा ५०२ जना रहेका छन् भने बनेपामा ७५६, नमोबुद्धमा ४४६, तेमालमा २२८, मण्डनदेउपुरमा ४९, बेथानाचोकमा ५२ जना रहेका छन्।

यस्तै, भेरोसेलको खोपको दोश्रो मात्रा : बनेपामा १ हजार ६९० जना, पाँचखालमा ९२४, नमोबुद्धमा ७५०, बेथानाचोकमा २८२, मण्डनदेउपुरमा १२९, तेमालमा २१ जनाले खोप लगाएका छन्।

यसैगरी, नमोबुद्धमा ५ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएका छन् भने नमोबुद्ध र बेथानाचोकमा गरी ४ जनाले कोभिसिल्डको दोश्रो मात्रा खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनीकाको खोप लगाउनेको संख्या २ लाख १५ हजार २९६ जना रहेको छ।


प्रतिक्रिया दिनुहोस