नेपालमा ५० लाख भन्दा बढीले लगाए कोभिडको पहिलो मात्रा खोप

नौलो समाचार संवाददाता
२०७८ भाद्र ११, शुक्रबार मा प्रकाशित ४५७ पटक पढिएको
नेपालमा ५० लाख भन्दा बढीले लगाए कोभिडको पहिलो मात्रा खोप

भदौ ११, काठमाडौं। नेपालमा कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाउने व्यक्तिकाे संख्या ५० लाखभन्दा पुगेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज शुक्रबारसम्म ५० लाख ६३ हजार ५२२ जना व्यक्तिले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका छन्।

नेपालमा गतवर्ष माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गरिसकेको हो। पहिलो चरणमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मीलाई खोप दिइएको थियो। हालसम्म ५० वर्षभन्दा माथिका नागरिक, बैंक, सार्वजनिक यातायातका चालक, सहचालक, विभिन्न विश्वविद्यालयका परीक्षामा सामेल हुने विद्यार्थीहरु, पत्रकार, विभिन्न कारणले वैदेशिक यात्रामा जाने व्यक्ति, शरणार्थीलगायतले खोप पाइसकेका छन्।

त्यसैगरी,४० लाख ५२ हजार ७६५ जना व्यक्तिले कोरोनाको दोस्रो मात्रा अर्थात पूणर् खोप पाइसकेका छन्। ७७ जिल्लामा चलिरहेको कोरोना विरुद्धको खोप कार्यक्रम अन्र्तगत मनाङ र मुस्ताङ भने कोरोना विरुद्धको खोप पाउने पहिलो जिल्ला घोषित समेत भइसकेका छन्।

नेपालमा कोरोना विरुद्धको तीन प्रकारका खोप प्रयोग गरिएको छ। अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको भारतमा बनेको कोभिसिल्ड, जापानबाट अनुदानमा आएको एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप प्रयोग भइरहेको छ। कोभिसिल्ड र एस्ट्राजेनेका खोप एउटै फर्मुलामा बनेको खोप हो। सोही कारण पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका ६५ वर्षमाथि नागरिकलाई दोस्रो मात्राको रुपमा स्ट्राजेनेका खोप दिइएको हो।

हालसम्म २० लाख ५२ हजार ७७ जनाले कोभिसिल्ड / एस्ट्राजेनेका खोपको पहिलो मात्रा पाएका छन् भने १० लाख ५९ हजार ७७८ जनाले पूणर् खोप अर्थात दुबै मात्रा खोप पाइसकेका छन्।

त्यसैगरी, ३० लाख १२ हजार ४४५ जनाले भेरोसेल खोपको पहिलो मात्रा र १६ लाख ४५ हजार २३८ जनाले दुबै मात्रा खोप पाइसकेका छन्।
एक मात्रा खोप लगाएपुग्ने जोन्सन एन्ड जोन्सनको खोप १३ लाख ४७ हजार७४९ जनाले पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस