काभ्रेमा आज १५ जना संक्रमित थपिदा ४४ जना निको भए

३९२ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ भाद्र १२, शनिबार मा प्रकाशित ७५५ पटक पढिएको
काभ्रेमा आज १५ जना संक्रमित थपिदा ४४ जना निको भए

भदौ १२, काभ्रे। काभ्रेमा आज १५ जना नयाँ संक्रमित थपिएका छन्। आजै जिल्लाभर ४४ जना संक्रमित उपचारपछी निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ४१४ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका १५ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ११ जना, मण्डनदेउपुरमा १ जना, तथा एन्टीजेन परिक्षणबाट नमोबुद्धमा २, पाँचखालमा १, जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १४ हजार १०९ पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

जिल्लाभर आज ३९२ जनाले कोरोना बिरुद्दको खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख १५ हजार ६८८ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस