देशभर संक्रमित भन्दा निको हुने बढे

२४ जना संक्रमितको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ भाद्र १३, आईतबार मा प्रकाशित ९०७ पटक पढिएको

देशभर संक्रमित भन्दा निको हुने बढे

भदौ १३, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार २५९ जनाको पीसीआर परीक्षणमा १ हजार २१४ र ३ हजार ३८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७४ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २६० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस