काभ्रेमा आज १३ हजार ३११ जनाले लगाए कोरोना बिरुद्धको खोप, कुन पालिकामा कति?

नौलो समाचार संवाददाता
२०७८ भाद्र १३, आईतबार मा प्रकाशित ५२७ पटक पढिएको
काभ्रेमा आज १३ हजार ३११ जनाले लगाए कोरोना बिरुद्धको खोप, कुन पालिकामा कति?

भदौ १३, काभ्रे। काभ्रेमा कोरोना बिरुद्धको खोप लगाउने क्रम आज पनि जारी रहेको छ। आज (आईतबार) जिल्लाको विभिन्न पालिकामा गरी जम्मा १३ हजार ३११ जनाले भेरोसेलको खोपको पहिलो र दोस्रो डोज लगाएका छन्।

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार भेरोसेलको खोपको पहिलो मात्रा लगाउनेको संख्या ९ हजार ९८३ रहेको छ भने ३ हजार २८६ जनाले भेरोसेलको खोपको दोश्रो मात्रा लगाएका छन्।

भेरोसेलको खोपको पहिलो मात्रा : पनौती नगरपालिकामा सबै भन्दा धेरै ४ हजार १३५ जनाले खोप लगाएका छन् भने, पाँचखालमा २ हजार २५२ जना, बनेपामा २ हजार ६७, नमोबुद्धमा ८६८, मण्डनदेउपुरमा १४८, धुलिखेलमा १४७, तेमालमा १२७, बेथानाचोकमा ११७, रोशीमा ६६, महाभारतमा ५६ जनाले भेरोसेलको पहिलो डोजको खोप लगाएका छन्।

यस्तै, भेरोसेलको खोपको दोश्रो मात्रा : मण्डनदेउपुरमा १ हजार ३१६ जनाले भेरोसेलाको दोश्रो डोज खोप लगाएका छन् भने बेथानाचोकमा ८७२ जना, महाभारतमा ४५५, नमोबुद्धमा ३५९, पनौतीमा २१५, बनेपामा ४७, धुलिखेलमा १४, तेमालामा ८ जनाले खोप लगाएका छन्।

यसैगरी, नमोबुद्धमा ४ जनाले एस्ट्राजेनीकाको पहिलो डोज लगाएका छन् भने एस्ट्राजेनीकाको दोश्रो डोज लगाउनेमा बनेपाम ३० जना तथा नमोबुद्धमा ८ जना रहेका छन्।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनीकाको खोप लगाउनेको संख्या २ लाख २८ हजार ९९९ जना रहेको छ।


प्रतिक्रिया दिनुहोस