बजाजका विभिन्न मोडेलका बाइक, यस्तो छ नयाँ मूल्य ! (सूचीसहित)

नौलो समाचार संवाददाता
२०७८ भाद्र १५, मंगलबार मा प्रकाशित ७७३ पटक पढिएको

बजाजका विभिन्न मोडेलका बाइक, यस्तो छ नयाँ मूल्य ! (सूचीसहित)

भदौ १५, काडमाडौं। नेपाली बजारमा पल्सर, एभेन्जर, डिस्कभर भन्ने वित्तिकै चर्चित र लोकप्रिय मोटरसाइकल मानिन्छन् । यी लोकप्रिय मोटरसाइकलको उत्पादक हो बजाज।

बजाजले फरक फरक आर्थिक स्तर र भिन्नाभिन्नै रुचि भएकाहरुलाई भिन्नाभिन्नै प्रकारका मोटरसाइकल बजारमा ल्याएको छ ।
बजाजले २०७८ का लागि विभिन्न मोडेलका बाइकका मूल्य पनि निर्धारण गरि सूची समेत प्रकशन गरेको छ ।

जसअनुसार बजाज प्लाटिना १०० इएस १०२ सीसीको १ लाख ७२ हजार ९ सय रुपैयाँ, डिस्कोभर १२५ ड्रम १२४.४ सीसीको १ लाख ९२ हजार ९ सय, डिस्कोभर १२५ डिस्क १२४.४ सीसीको १ लाख ९९ हजार ९ सय, डिस्कोभर १२५ एसटी १२५ सीसीको २ लाख १० हजार ९ सय रुपैयाँ रहेको छ ।

यस्तै, पल्सर १२५ को १२४.३ सीसीलाई २ लाख २६ हजार ९ सय, पल्सर १५० को १४९.५ सीसीकलाई २ लाख ६० हजार ९ सय रुपैयाँ, पल्सर १५० टिडी १४९.५ सीसीलाई २ लाख ७१ हजार ९ सय, पल्सर १६० एनएस एबिएस १६० .३ सीसीलाई २ लाख ९० हजार ९ सय, पल्सर २०० एनएस एफआई एबिएस १९९.५ सीसीलाई ३ लाख ७८ हजार ९ सय र पल्सर २२० एफ २२० सीसीलाई ३ लाख ३६ हजार ९ सय रुपैयाँ मूल्य तोकेको छ ।

त्यसैगरि एभेन्जर २२० क्रुज २२० सीसीको ३ लाख ४५ हजार ९ सय, एभेन्जर स्ट्रेट १६० एबिएस १६० सीसीलाई ३ लाख १९ हजार ९ सय र डोमिनार ४०० एबिएस ३७३.२७ सीसीलाई ५ लाख ७८ हजार ९ सय रुपैयाँ मूल्य तोकेको छ ।


प्रतिक्रिया दिनुहोस