१४ हजार ९३५ नमुना परीक्षण गर्दा २ हजार ५२ जनामा कोरोना पुष्टि

२० जना संक्रमितको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ भाद्र १६, बुधबार मा प्रकाशित ३७४ पटक पढिएको
१४ हजार ९३५ नमुना परीक्षण गर्दा २ हजार ५२ जनामा कोरोना पुष्टि

भदौ १६, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ९३५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६१२ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ६४८ र चार हजार ३२३ जनाको एन्टीजेन परीक्षण गर्दा ४०४ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर तीन हजार ३० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ।

देशभर ३४ हजार १९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार ८१२ होम आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा दुई हजार ३७७ संक्रमित छन् भने ५६३ जना आइसियुमा र १७०जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।
देशभर ३११ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस