कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि हुने

नौलो समाचार संवाददाता
२०७८ भाद्र १६, बुधबार मा प्रकाशित ३६६ पटक पढिएको
कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि हुने

भदौ १६, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले रोकिएको कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ।

यसअघि साउन ३१ गतेदेखि हुने गरी निर्धारण भएको परीक्षा कोरोना महामारीलाई देखाउँदै स्थगित भएको थियो।

परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम हुनेगरी सञ्चालन गर्न लागिएको हो।

‘संगीत, ललितकला र संस्कृत विषय समूह तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सञ्चालन हुनेछ,’ बोर्डले भनेको छ।

सरकारले यसअघि परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप अभियानसमेत सञ्चालन गरेको थियो।


प्रतिक्रिया दिनुहोस