थपिए २००४ संक्रमित, १६ जनाको मृत्यु, १ हजार ८४६ जना डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७८ भाद्र १७, बिहिबार मा प्रकाशित ४७४ पटक पढिएको
थपिए २००४ संक्रमित, १६ जनाको मृत्यु, १ हजार ८४६ जना डिस्चार्ज

भदौ १७, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा थप ७९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरमा गरी थप ७९३ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ५४१, ललितपुर १५२ र भक्तपुर जिल्लामा थप १०० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

२४ घण्टामा देशका १ हजार ८४६ जना डिस्चार्ज भएका छन् ।

यस्तै, कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । हालसम्म देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस