आजको मौसम : ४ प्रदेशका केही ठाउँमा भीषण वर्षाको सम्भावना

नौलो समाचार संवाददाता
२०७८ भाद्र १८, शुक्रबार मा प्रकाशित ६३४ पटक पढिएको
आजको मौसम : ४ प्रदेशका केही ठाउँमा भीषण वर्षाको सम्भावना

भदौ १८, काठमाडौं। आज शुक्रबार देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै‚ प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनी वायुको सामान्य प्रभाव र मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भागभन्दा केही तल रहेकाले आज देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर सामान्य बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस