कांग्रेसको वडा अधिवेशन आजबाट सुरु हुँदै, ५६ जिल्लाको तयारी पुरा

२१ जिल्लाको क्रियालिश सूची आउन बाँकी
नौलो समाचार संवाददाता
२०७८ भाद्र १८, शुक्रबार मा प्रकाशित १२६७ पटक पढिएको
कांग्रेसको वडा अधिवेशन आजबाट सुरु हुँदै, ५६ जिल्लाको तयारी पुरा

भदौ १८, काठमाडौं। सत्तारूढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु हुँदैछ। हिजो साँझसम्म ५६ जिल्लाको क्रियाशिल सदस्यहरुको सूची कांग्रेसको निर्वाचन समितिले पाएको छ ।

ती ५६ मध्ये कम्तिमा ४० जिल्लामा आज एकसाथ वडा अधिवेनश हुनेछ । तर क्रियाशिल सदस्यहरुको सूची सार्वजनिक गर्न बाँकी २१ जिल्लाको अधिवेशन कहिले हुन्छ भन्ने प्रश्न उठेको छ। यही विवादले आसन्न १४ औं महाधिवेशन अनिश्चित बन्ने त होइन भन्ने त्रास कांग्रेसजनमा रहेको छ ।

२१ जिल्लाको क्रियाशील सूची नपाउँदा कांग्रेसको निर्वाचन समिति अन्योलमा छ ।

महादेव यादवको संयोजकत्वमा रहेको समितिले चार चरणमा गरेर ५६ जिल्लाका लागि निर्वाचन अधिकृत तोकेको छ। तोकिएका अधिकृतहरू जिल्ला पुगेर आज हुने वडा अधिवेशनमा खटिएका छन् ।


प्रतिक्रिया दिनुहोस