थप १७ सय ५६ संक्रमित, २३ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ भाद्र १८, शुक्रबार मा प्रकाशित ३९६ पटक पढिएको
थप १७ सय ५६ संक्रमित, २३ जनाको मृत्यु

भदौ १८, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१४ हजार ३३४ जनाको परीक्षण गर्दा १७ सय ५६ जनामा संक्रमण देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २७४ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणका कारण थप २३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ ।

भएसँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ६ जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस