काभ्रेमा आज ४ हजार ४३७ जनाले लगाए कोरोना बिरुद्धको खोप

नौलो समाचार संवाददाता
२०७८ भाद्र १८, शुक्रबार मा प्रकाशित ४८४ पटक पढिएको
काभ्रेमा आज ४ हजार ४३७ जनाले लगाए कोरोना बिरुद्धको खोप

भदौ १८, काभ्रे। काभ्रेमा कोरोना बिरुद्धको खोप लगाउने क्रम आज पनि जारी रहेको छ। आज (शुक्रबार) जिल्लाको विभिन्न पालिकामा गरी जम्मा ४ हजार ४३७ जनाले भेरोसेलको खोपको पहिलो र दोस्रो डोज लगाएका छन्।

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार भेरोसेलको खोपको पहिलो मात्रा लगाउनेको संख्या ४ हजार ८ रहेको छ भने ४२९ जनाले भेरोसेलको खोपको दोश्रो मात्रा लगाएका छन्।

भेरोसेलको खोपको पहिलो मात्रा : पाँचखाल नगरपालिकामा सबै भन्दा धेरै १ हजार ३८१ जनाले खोप लगाएका छन् भने, पनौतीमा १ हजार २०९ जना, मण्डनदेउपुरमा १ हजार १५५, भुम्लुमा ११४, नमोबुद्धमा ७९, चौरीदेउरालीमा ७० जनाले भेरोसेलको खोपको पहिलो डोज लगाएका छन्।

यस्तै, भेरोसेलको खोपको दोश्रो मात्रा : पनौतीमा २३४ जनाले भेरोसेलाको दोश्रो डोज खोप लगाएका छन् भने पाँचखालमा ९७ जना, मण्डनदेउपुरमा ५०, चौरीदेउरालीमा ४२, नमोबुद्धमा ६ जनाले भेरोसेलको खोपको दोश्रो डोज लगाएका छन्।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनीकाको खोप लगाउनेको संख्या २ लाख ४२ हजार २५२ जना रहेको छ।


प्रतिक्रिया दिनुहोस