सिन्धुपाल्चोकका बाढीग्रस्त क्षेत्रको गृहमन्त्री खाँडद्वारा अवलोकन, भत्किएका संरचनाको पुनः निमार्ण तत्काल गर्न निर्देशन

नौलो समाचार संवाददाता
२०७८ भाद्र १९, शनिबार मा प्रकाशित ४१७ पटक पढिएको
सिन्धुपाल्चोकका बाढीग्रस्त क्षेत्रको गृहमन्त्री खाँडद्वारा अवलोकन, भत्किएका संरचनाको पुनः निमार्ण तत्काल गर्न निर्देशन

भदौ १९, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकका बाढी प्रभावितलाई व्यबस्थापन र भत्किएका संरचनाको पुन:निमार्ण तत्काल गर्न गृहमन्त्री बालकृष्ण खाँडले निर्देशन दिनुभएको छ। आज शनिबार बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्न हेलम्बु र मेलम्ची पुग्नुभएका गृहमन्त्री खाँडले
मेलम्ची र ईन्द्रावती नदीमा आएकोे बाढीबाट भत्किएका संरचना पुन:निमार्ण कार्य अगाडी बढाउन निर्देशन दिनुभएको हो।

बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्दै बाढीबाट हुने क्षति कम गर्न विभिन्न स्थानमा चेकड्याम बनाउनुपर्ने बताउनुभयो। मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स तथा बस्तिहरु बचाउनका लागि कहाँ कहाँ कतिवटा ड्याम बनाउनु पर्ला भनेर विस्तृत अध्ययन गरिने उहाँले बताउनुभयो ।

गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर–२ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो।

गृहमन्त्रीसहितको सो टोलीमा सांसद शेरबहादुर तामाङ, पूर्व मन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृह सचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी हुनुहुन्थ्यो।

गत असार १ र साउन १६ गतेको आएको वर्षाको कारण सो क्षेत्रमा ५ जनाको मृत्यु ६ घाईते र २० बेपता छन् । बाढीपहिरोले १५ पुल ,सडक खेत र सयौँ घर टहरा सहित ठूलो धनजनको क्षति भएको छ।


प्रतिक्रिया दिनुहोस