एमसीसी सम्झौता र भारतीय अतिक्रमणविरूद्ध प्रदर्शन

नौलो समाचार संवाददाता
२०७८ भाद्र २०, आईतबार मा प्रकाशित ४९४ पटक पढिएको
एमसीसी सम्झौता र भारतीय अतिक्रमणविरूद्ध प्रदर्शन

भदौ २०, काठमाडौँ। वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले आइतबार काठमाडौंको माइतीघरमा एमसीसी सम्झौता, तुइन प्रकरण र उत्पीडित समुदायमाथिको अत्याचारका विरुद्ध प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीहरुले ‘रिजेक्ट एमसिसी’, ‘सानो भाइ सम्झेर गर्दै छ झेली, हाम्रो आकाशमा भारतको हेली’, ‘शासक बस्छ मातेर चइनमा, जनता मारिन्छ काटेर तुइनमा’ लेखिएका प्लेकार्डसहित उनीहरुले एक घण्टा माइतीघरमा सरकारविरुद्ध नारा जुलुससहित प्रदर्शन गरेका थिए ।

Source: kantipurdaily


प्रतिक्रिया दिनुहोस