थप १ हजार ८९ जनामा कोरोना पुष्टि, १५ सय ३४ जना निको

२० जनाको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ भाद्र २०, आईतबार मा प्रकाशित ३९२ पटक पढिएको
थप १ हजार ८९ जनामा कोरोना पुष्टि, १५ सय ३४ जना निको

भदौ २०, काठमाडौं। आज पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुनेको संख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८९ जनामा सङ्क्रमण पुष्टि हुँदा १ हजार ५३४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

७ हजार ९७१ जनाको नमूना परीक्षण गर्दा १ हजार ८९ जनामा सङ्क्रमण पुष्टि भएको हाे । परिक्षण गरिएकामध्ये १३ दशमलव ६६ प्रतिशतमा संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा निको भएका सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ७ लाख २७ हजार १८५ जना पुगेको छ । यस्तै थपिएका सहित कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या ८ लाख ५४ हजार ३२१ जना पुगेको छ ।

कोरोना भाइरसका कारण थप २० जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या १० हजार ८३८ जना पुगेको छ । अहिले नेपालमा ३१ हजार २४८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमित मध्ये ५२३ जनाको आईसीयू र १६२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।


प्रतिक्रिया दिनुहोस