लागू औषध सहित काभ्रेमा ३ जना कारोबारी पक्राउ

नौलो समाचार संवाददाता
२०७८ भाद्र २०, आईतबार मा प्रकाशित ८१२ पटक पढिएको
लागू औषध सहित काभ्रेमा ३ जना कारोबारी पक्राउ

भदौ २०, काभ्रे। काभ्रेको रोशी गाउँपालिकाको मंगलटार बजारबाट लागू औषध सहित २ जना पक्राउ परेका छन्। अर्का एक जनालाई भने बनेपाबाट पक्राउ गरिएको छ।

शनिबार रोशी गाउँपालिका वडा नं. ९ मंगलटारस्थित बि.पि.राजमार्ग सडक खण्डको मंगलटार बजारमा सवारी साधनहरु चेक जाँच गर्ने क्रममा अबैध लागू औषध सहित रोहित कुमार यादव र रुपेश कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो। झापाबाट काठमाडौं तर्फ आउदै गरेको बा.४.ख ६६७६ नम्बरको हायस गाडीमा यात्रा गरिरहेका सिरहा घर भएका उनीहरुको झोलाबाट Diazelab-१०० एम्पुल, Phenergan-१०० एम्पुल, नाम नखुलेको १०० एम्पुल जम्मा : १०० एम्पुल र Noophine लेखेको लेबल स्टिकर १०० पिस, मोबाईल थान-१, नगद रु. ९,००० बरामद गरिएको छ।

यस्तै उक्त लागू औषध बिशाल श्रेष्ठलाई बिक्रि गर्न ल्याएको सोधपुछमा बताए पछी श्रेष्ठलाई पनि बनेपा नगरपालिका वडा नं. ७ मा आजै फेला पारी तिनै जनालाई कारवाहीको प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो।

प्रतिवादीहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गर्न हिजै जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको सूचना अधिकारी खतिवडाले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस