बेथानचोक च्याल्टीका १५ विद्यार्थीलाई वडा अध्यक्षको व्यक्तिगत रकमबाट छात्रवृत्ति

नौलो समाचार संवाददाता
२०७८ भाद्र २०, आईतबार मा प्रकाशित १०४० पटक पढिएको

बेथानचोक च्याल्टीका १५ विद्यार्थीलाई वडा अध्यक्षको व्यक्तिगत रकमबाट छात्रवृत्ति

भदौ २०, काभ्रे। बेथानचोक गाउँपालिका वडा नं ५ च्याल्टीको आत्माबिकास माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको छ।

आज आईतबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गर्नुभएको हो। बेथानचोक गाउँपालिका ५, च्यासिङ्खर्कका वडा अध्यक्ष खजेन्ची बहादुर लामाको निजि खर्चमा बिद्यालयमा अध्यनरत १५ विद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको हो।

विद्यार्थीहरुलाई बिधालय पोसाक, स्कुल ब्याग, कापीकलम लगाएतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको गाउँपालिका सूचना अधिकारी ज्ञान प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो।

कार्यक्रममा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष खजेन्ची बहादुर लामा, शिक्षा शाखा प्रमुख पुष्पा राई, बिद्यालयका निमित्त प्रधानाध्यापक ज्ञान बहादुर लामा लगाएत विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।






प्रतिक्रिया दिनुहोस