आज कुश घर घरमा भित्र्याईदै, पिताको मुख हेर्ने तथा पितृ तर्पण दिने चलन

नौलो समाचार संवाददाता
२०७८ भाद्र २२, मंगलबार मा प्रकाशित ६४९ पटक पढिएको
आज कुश घर घरमा भित्र्याईदै, पिताको मुख हेर्ने तथा पितृ तर्पण दिने चलन

भदौ २२, काभ्रे। आज कुशे औंशी, हिन्दू धर्मावलम्वीहरु आज देव कार्य र पितृ कार्यका लागि अत्यावश्यक वनस्पति कुश काटेर घर घरमा भित्र्याउने गर्दछन्। वैदिक मन्त्रोच्चारणसहित उखेलिएको कुश पुरोहितहरुले यजमानका घरमा पुर्याईदिने चलन पनि रहेको छ ।

आज उखेलिएको कुश वर्षदिन प्रयोग गर्न मिल्दछ भने अन्य दिन उखेलिएको कुश सोही दिन मात्रै प्रयोग गर्न सकिने शास्त्रीय मान्यता छ । पितृ औंशी पनि भनिने यस दिनमा बुवाको मुख हेर्ने तथा दिवंगत पितृहरुलाई तर्पण दिएर पनि यो पर्व मनाईदै छ ।

आज पितालाई आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिने र टाढा टाढा भएका सन्तानहरु पनि पितालाई भेट्न जाने चलन रहेको छ । पिता नहुनेहरुले उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्र्र्णेश्वरमा गई श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ ।

काठमाडौंको गोकर्णेश्वर, नुवाकोटको बेत्रावतीलगायत पवित्र तीर्थस्थलमा श्राद्ध गर्ने गरिन्छ । यसो गर्दा घर, मावली र ससुराली तर्फका तीन/तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले भाद्र कृष्ण औंशीलाई ‘गोकर्ण औँशी’ पनि भनिन्छ ।


प्रतिक्रिया दिनुहोस