निजामति सेवा दिवसमा काभ्रे अदालतका तीन कर्मचारी पुरस्कृत

नौलो समाचार संवाददाता
२०७८ भाद्र २३, बुधबार मा प्रकाशित ५६० पटक पढिएको
निजामति सेवा दिवसमा काभ्रे अदालतका तीन कर्मचारी पुरस्कृत

भदौ २३, काभ्रे। निजामती सेवा दिवसका अवसरमा काभ्रे जिल्ला अदालतले तीन कर्मचारीलाई पुरस्कृत गरेको छ। अदालतका डिठ्ठा विनोद बस्नेत, तामेलदार रमेश घिमिरे र कार्यालय सहयोगी संगिता तिमिल्सिनालाई निजामती सेवा दिवसका अवसरमा पुसस्कृत गरिएको अदालतले जानकारी दिएको छ।

पहिलो पटक निजामती सेवा ऐन २०१३ साल भाद्र २२ गते लागु भएकोको दिनमा नेपालमा निजामती सेवा दिवसको रुपमा मनाउँदै आइएको छ। यस वर्ष पनि नेपाल सरकारले “स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन” भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम आयोजन गरी १७औं निजामती दिवस मनाएको छ।

सो अवसरमा अदालतले कर्मचारीहरुको वर्षभरको कार्यसम्पादनको स्तर, निजहरुले प्रवाह गरेको सेवाको गुणस्तर, सेवाग्राहीहरुसँग निजहरुले गरेको व्यवहार, अदालतप्रतिको निष्ठा र समर्प्रण भाव तथा अदालतमा नियमित उपस्थिति समेतलाई विचार गरी प्रमाणपत्रसहित सम्मान गरिएको अदालतको भनाइ छ।

पुरस्कृत हुनेहरूले ३-३ हजार रुपैयाँ पाएका छन्। पुरस्कृत गर्ने अभ्यासले कर्मचारीहरुको मनोबल तथा उत्प्रेरणा अभिवृद्धि हुने अपेक्षा गरिएको अदालतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस