संसदमा सभामुखविरुद्ध एमालेको नाराबाजी

नौलो समाचार संवाददाता
२०७८ भाद्र २३, बुधबार मा प्रकाशित ५६० पटक पढिएको
संसदमा सभामुखविरुद्ध एमालेको नाराबाजी

भदौ २३, काठमाडौं। नेकपा एमालेले आफ्नो पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई बैठकमा राखेको भन्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।

आज प्रतिनिधिसभाको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई बोल्दै सभामुखले एमाले टुक्राउन खोजेको भन्दै सांसदहरुले उठेर अवरुद्ध गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आजका लागि आह्वान गरेको संसद अधिवेशनको पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको पत्र पढेर सुनाउनु भएको छ ।

त्यसपपिछ बैठकको सुरुवात गरेरसँगै एमालेले संसद्को बैठक अवरुद्ध गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस