देशभर १ हजार ६४० जनामा संक्रमित हुदा, २ हजार १६१ जना निको भए

१० जनाको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ भाद्र २३, बुधबार मा प्रकाशित ५३७ पटक पढिएको
देशभर १ हजार ६४० जनामा संक्रमित हुदा, २ हजार १६१ जना निको भए

भदौ २३, काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणका क्रममा थप १ हजार ६ सय ४० जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टाको अवधिमा २ हजार एक सय ६१ जना निको भएका छन्।

९ हजार ७ सय ६७ पीसीआर र ३ हजार ६ सय ८८ जनाको एन्टीजेन गरि १३ हजार ४ सय ५५ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सोही अवधिमा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै अहिलेसम्म १०८८९ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस