पनौती ७ मा मदिरा सेवन पछिको विवादमा एक जनाको हत्या

नौलो समाचार संवाददाता
२०७८ भाद्र २३, बुधबार मा प्रकाशित ४२२३ पटक पढिएको
पनौती ७ मा मदिरा सेवन पछिको विवादमा एक जनाको हत्या

भदौ २३, काभ्रे। प्रहरीले पनौती नगरपालिका-१० का अन्दाजी २७ वर्षका किसन पहरीको हत्या अभियोगमा एक जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको खानीखोला गाउँपालिका-७ का ३१ वर्षिय मोहन भनिने महेन्द्र घिसिङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेले अभियुक्तलाई हिजो पक्राउ गरि आज सार्वजनिक गरेको हो।

पनौती नगरपालिका वडा नं-७ मा भिम थिङले संचालन गरेको होटलमा सामान्य विवादले उग्र रुप लिदा किसनलाई महेन्द्रले धारिलो हतियार प्रहार गरी फरार भएका थिए। चक्कु प्रहारबाट घाइते भएका किसनलाई उपचारका लागि धुलिलेख अस्पतालमा लगिए पनि सोही दिन राती ९ बजे अस्पतालले मृत घोषणा गरेका थियो ।

प्रहरीले होटल संचालक ४४ वर्षिय भिम थिङ सहित सो समयमा होटलमा खाजा खान आउने र प्रत्यक्षदर्शी समेतलाई नियण्त्रणमा लिएर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरी खतिवडाले जानकारी दिनुभयो।

भदौ २० गते राती भएको उक्त घटनामा संलग्न घिसिङको साथबाट एक थान धारिलो हतियार चक्कु पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

खतिवडाका अनुसार पक्राउ परेका महेन्द्रलाई प्रहरीले जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी हिरासतमा राखी अनुसन्धान गरिरहेको छ।

मोहन भनिने महेन्द्र घिसिङ (अभियुक्त)


प्रतिक्रिया दिनुहोस