भोलि बाँडफाँट हुँदै तेह्रथुम पावरको आईपीओ

नौलो समाचार संवाददाता
२०७८ भाद्र २४, बिहिबार मा प्रकाशित १०३४ पटक पढिएको

भोलि बाँडफाँट हुँदै तेह्रथुम पावरको आईपीओ

भदौ २४, काठमाडौं। तेह्रथुम पावर कम्पनीको आईपीओ भोलि शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार प्रि–अलटमेन्ट सकिएको छ ।

कम्पनीले भदौ ९ देखि १३ गतेसम्म ८ करोड रुपैयाँको ८ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमा ४० हजार कित्ता म्युचुअल फन्डलाई, १६ हजार कित्ता कर्मचारीलाई छुट्याएर सर्वसाधारणको लागि ७ लाख ४४ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

उक्त आईपीओमा २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ करोड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका छन्।

परेको आवेदन मध्ये गोलाप्रथा प्रकृयाबाट १० कित्ताका दरले बाँडफाँट गरिने छ । जसअनुसार ७४ हजार ४ सय जनाले १०/१० कित्ता सेयर पाउने छन् । बाँकी योग्य आवेदकको हात खाली हुनेछ ।






प्रतिक्रिया दिनुहोस