काभ्रेमा आज १९ जना निको हुदा, १७ संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७८ भाद्र २६, शनिबार मा प्रकाशित ३६८ पटक पढिएको
काभ्रेमा आज १९ जना निको हुदा, १७ संक्रमित थपिए

भदौ २६, काभ्रे। काभ्रेमा आज १९ जना संक्रमित निको भएका छन्। आजै जिल्लाभर १७ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा २२४ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका १९ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपामा २ जना, धुलिखेलमा ५, मण्डनदेउपुरमा १, पाँचखालमा १, नमोबुद्धमा १ जना तथा एन्टीजेन परिक्षणबाट बनेपामा १, नमोबुद्धमा ३, पनौतीमा २, भुम्लुमा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १४ हजार ४०२ पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

आज काभ्रेको  खानीखोला गाउँपालिकामा मात्र  १०५ जनाले भेरोसेलाको पहिलो दोश्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख ४९ हजार १२८ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस