नव नियुक्त मन्त्री चन्द्र लामालाई गृहनगर नमोबुद्धमा सम्मान

नौलो समाचार संवाददाता
२०७८ भाद्र २७, आईतबार मा प्रकाशित ५६० पटक पढिएको
नव नियुक्त मन्त्री चन्द्र लामालाई गृहनगर नमोबुद्धमा सम्मान

भदौ २७, काभ्रे। बागमती प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामालाई गृहनगर नमोबुद्धमा सम्मान गरिएको छ।
काभ्रे क्षेत्र नं १ (ख) बाट प्रदेशसभामा निर्वाचित भई हालै मन्त्री नियुक्त लामा नमोबुद्ध नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा मन्त्री चन्द्र लामालाई मोबुद्ध नगरपालिकाले सम्मान गरेको हो।

आज आइतबार कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले मन्त्री लामालाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो। सोही कार्यक्रममा भकुण्डेबेशी जेसीज, भकुण्डेबेशी जुनियर जेसीज, जनक बहुमुखी क्याम्पस, जनक माध्यामिक विद्यालय र रोशी बाङ्मय प्रतिष्ठानले पनि मन्त्री पदमा नियुक्त भएकोमा लामालाई सम्मान गरेका थिए।

सम्मान कार्यक्रमलाई संवोधन गर्दै मन्त्री लामाले नमोबुद्ध नगरको समग्र विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। आफू मन्त्री नियुक्त हुनुभन्दा अगाडि पनि नमोबुद्धको विकासका लागि निरन्तर पहल गरेको बताउँदै मन्त्री लामाले नगरको हरेक वडा र टोलको विकासका लागि आफ्नो ध्यान केन्द्रित गरेको उल्लेख गर्नुभयो। कृषिबाटै यस क्षेत्रका जनताको आर्थिक उन्नति हुने भन्दै मन्त्री लामाले कृषि एवं पशुपालन क्षेत्रको विकासमा आफू लागिपर्ने बताउनुभयो।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले आफूहरुले चुनावमा प्रतिवद्धता गरेअनुसारकै नगरको विकासका लागि लागिपरेको बताउनुभयो। जनप्रतिनिधि र कर्मचारी मिलेर सुशासन कायम गर्न आफू प्रतिवद्ध रहेको तिमल्सिनाले बताउनुभयो। बागमती प्रदेश सरकारका मन्त्री चन्द्र लामा सांसद भएदेखि नै नगरको विकास लागि प्रदेश सरकारबाट उल्लेख्य बजेट प्राप्त भएको र आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो।

कार्यक्रममा पूर्वमन्त्री रेशम लामा, नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, उपसचिव जनार्दन रिजाल, इन्जिनियर उज्ज्वल अर्याल, जनक क्याम्पसका प्राचार्य हरिहर अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रम नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले सञ्चालन गर्नुभएको थियो।

एमाले नमोबुद्धले पनि ग¥यो मन्त्री लामालाई सम्मान
नेकपा एमाले नमोबुद्ध नगर कमिटीले पनि आइतबार नै एक कार्यक्रमका बीच बागमति प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामालाई सम्मान गरेको छ । भकुण्डेबेशीमा आयोजित कार्यक्रममा नेकपा एमाले नमोबुद्ध नगर कमिटीले पार्टीका नेता लामा मन्त्री पदमा नियुक्त भएकोमा सम्मान गरेको हो।

कार्यक्रममा पुर्वमन्त्री रेशम लामा, प्रदेशसभा सदस्य गोमा भुर्तेल, एमाले प्रदेश कमिटी सदस्य कृष्णचन्द्र आचार्य, एमाले जिल्ला सचिवालय सदस्य एवं नमोबुद्ध नगर इन्चार्ज राजन भुर्तेल, नेकपा एमाले काभ्रे काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष बिष्णु खनाल, किसान संघका राममणि हुमागाईं, एमाले पुर्व जिल्ला कमिटी सदस्य उद्धवप्रसाद हुमागाई, वुद्धिजीवि परिषदका जिल्ला अध्यक्ष नवराज भुर्तेल, अनेमसंघ नगर अध्यक्ष चन्द्रा खनाल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस