सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घट्यो

नौलो समाचार संवाददाता
२०७८ आश्विन १, शुक्रबार मा प्रकाशित ५१३ पटक पढिएको
सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घट्यो

असोज १,  काठमाडौं। सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घटेको छ।

हिजो तोलामा ९० हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज १४ सय रुपैयाँले घटेर ८९ हजार एक सय रुपैयाँमा झरेको हो। हिजो पनि सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको थियो  यस्तै, आज चाँदीको भाउ पनि आज घटेको छ।

तोलामा ३० रुपैयाँले घटेर चाँदीकाे भाउ आज ११ सय ७० रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।


प्रतिक्रिया दिनुहोस