देशभर थपिए १५ सय ५८ संक्रमित, १० जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ आश्विन १, शुक्रबार मा प्रकाशित ३८६ पटक पढिएको
देशभर थपिए १५ सय ५८ संक्रमित, १० जनाको मृत्यु

असोज १, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

८ हजार ६६५ पीसीआर तथा ३ हजार ७२० एन्टिजेन परीक्षण गर्दा १५ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ।

शुक्रबार १३ सय ५१ कोरोना संक्रमणमुक्त भएका छन्।

देशभर २५ हजार४९७ सक्रिय संक्रमित रहेका छन्।


प्रतिक्रिया दिनुहोस