काभ्रेमा आज १६ जना निको हुदा, संक्रमित, ८ जना संक्रमित

नौलो समाचार संवाददाता
२०७८ आश्विन १, शुक्रबार मा प्रकाशित ४०४ पटक पढिएको
काभ्रेमा आज १६ जना निको हुदा,  संक्रमित, ८ जना संक्रमित

असोज १, काभ्रे। काभ्रेमा आज १६ जना उपचार पछी निको भएका छन्। आजै जिल्लाभर ८ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा १४२ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका ८ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपामा १ जना, भुम्लुमा ४, धुलिखेलमा १ जना तथा एन्टीजेन परिक्षणबाट पाँचखालमा २ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १४ हजार १२० पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

आज काभ्रेको रोशी गाउँपालिकामा १८२ जनाले भेरोसेलाको पहिलो दोश्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख ५५ हजार ९३८ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस