नायब सुब्बाको लिखित परीक्षा स्थगित

नौलो समाचार संवाददाता
२०७८ आश्विन २, शनिबार मा प्रकाशित ६४९ पटक पढिएको
नायब सुब्बाको लिखित परीक्षा स्थगित

असोज २, काठमाडौं। लोक सेवा आयोगले नायब सुब्बा वा सो सरहको लिखित परीक्षा स्थगित गरेको छ।

शुक्रबार एक सूचना जारी गर्दै आयोगले एकिकृत परीक्षा प्रणाली अन्तगत राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको लिखित परीक्षा स्थगित गरेको हो।

उक्त परीक्षा असोज ९ गतेबाट सञ्चालन हुने बताइएको थियो । आयोगले अर्को सूचना जारी नभएसम्मका लागि धनकुटा, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत, दिपायल र जलेश्वरबाट लिइने लिखित परीक्षा स्थगित भएको बताएको छ।

यस्तै आयोगले उपसचिव वा सो सरहको खुल्ला समावेसी शिक्षा, शिक्षा प्रशासन र अधिकृत तहको इन्जिनियर खुल्ला तथा समावेसी पदको परीक्षा पनि स्थगित गरेको छ।


प्रतिक्रिया दिनुहोस