काभ्रेमा आज १५ जना निको हुदा, संक्रमित, संक्रमितको संख्या शुन्य

नौलो समाचार संवाददाता
२०७८ आश्विन २, शनिबार मा प्रकाशित ५७४ पटक पढिएको
काभ्रेमा आज १५ जना निको हुदा, संक्रमित, संक्रमितको संख्या शुन्य

असोज २, काभ्रे। काभ्रेमा आज १५ जना उपचार पछी निको भएका छन्। आज काभ्रे जिल्लाभर कुनै पनि संक्रमित नथपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा १२७ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा  कुनै पनि नयाँ संक्रमित नभेटिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १४ हजार ४६२ पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

आज काभ्रेका विभिन्न पालिकामा ६३२ जनाले भेरोसेलाको पहिलो दोश्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख ५५ हजार ७५२  जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस