काभ्रेमा शुन्यमा झर्यो संक्रमणदर, आज २६ जना निको भए

नौलो समाचार संवाददाता
२०७८ आश्विन ३, आईतबार मा प्रकाशित ५१३ पटक पढिएको
काभ्रेमा शुन्यमा झर्यो संक्रमणदर, आज २६ जना निको भए

असोज ३, काभ्रे। काभ्रेमा आज पनि कोरोनाका संक्रमित थपिएका छैनन्। जिल्लाभर नयाँ संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। केहि दिन यता काभ्रेमा संक्रमण दर कम हुदै शुन्यमा झरेको हो।

आज काभ्रे जिल्लाभर कुनै २६ जना संक्रमित उपचार पछि निको भएका छन्।

यस्तै आज जिल्लामा १०१ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १४ हजार ४६२ पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

आज काभ्रेको भुम्लु गाउँपालिकामा ९० जनाले भेरोसेलाको पहिलो दोश्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख ५५ हजार ८४२ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-

 


प्रतिक्रिया दिनुहोस