संबिधान दिवसको अवसरमा पनौतीमा दिप प्रज्वलन

नौलो समाचार संवाददाता
२०७८ आश्विन ३, आईतबार मा प्रकाशित ७९० पटक पढिएको

संबिधान दिवसको अवसरमा पनौतीमा दिप प्रज्वलन

असोज ३, काभ्रे। संबिधान दिवसको अवसरमा पनौतीमा दिप प्रज्वलन गरिएको छ। पनौती जेसीजको आयोजनामा आज साझा पनौती बस पार्कमा दिप प्रज्वलन गरिएको हो।

पनौती जेसीज वर्ष २०२१ को अध्यक्ष जेसी मिरा गिरीको नेतृत्वमा सम्पन्न कार्यक्रममा सहभागीहरुले राजनीतिक नेतृत्वलाई संविधान दिवसले मुलुक र जनताका पक्षमा ठिक निर्णय गर्दै अघि बढ्न संविधान दिवसले प्रेरणा प्रदान गर्ने विश्वास गरेका छन्।

कार्यक्रममा पनौती जेसीजका संस्थापक अध्यक्ष जेसी सुरेस सैंजु, पुर्व अध्यक्ष जेसी रुपक महत, जेसी प्रेमकुमार सोनाम, जेसी विजय अधिकारी, प्रहरी चौकी पनौतीका इन्चार्ज सई सन्तोष बानियाँ लगायत ५० भन्दा बढीको सहभागिता रहेको थियो।

पनौती जेसीजले जेसीज  सप्ताह अन्तर्गत ७ दिनसम्म विभिन्न कार्यक्रमहरु निरन्तर गरिरहने जेसीज  सप्ताह कार्यक्रम संयोजक जेसी सागर दाहालले जानकारी दिनुभयो।






प्रतिक्रिया दिनुहोस