यामाहाको सबैभन्दा सस्तो बाइक: कुन किन्दा कति छुट ? यस्ता छन् अफरहरु (मूल्यसहित)

नौलो समाचार संवाददाता
२०७८ आश्विन ४, सोमबार मा प्रकाशित ७०९ पटक पढिएको
यामाहाको सबैभन्दा सस्तो बाइक: कुन किन्दा कति छुट ? यस्ता छन् अफरहरु (मूल्यसहित)

असोज ४, काठमाडौं। नेपालमा यामाहाको धेरै मोडेलका भिन्न भिन्न मूल्यका मोटरसाइकलहरु उपलब्ध छन् । यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमडब्ल्यू इन्टरप्राइजेज रहेको छ ।

एमडब्ल्यूले हरेक वर्गका नेपालीले प्रयोग गर्न सकिने गरि विभिन्न सेवा, सुविधासहित मोटरसाइकल बिक्री वितरण गर्दै आएको छ ।

नेपाली बजारमा यामाहाको न्युनतम २ लाख २४ हजारदेखि ९ लाख रुपैयाँसम्म मोटरसाइकलहरु उपलब्ध छन् ।

नेपालमा उलपब्ध रहेको यामाहाको ११ मोडेलमध्ये आज हामीले सबैभन्दा सस्तो मानिएको लोकप्रिय स्यालुटोको बारेमा चर्चा गर्दैछौ ।

यामाहा स्यालुटो
यामाहाको स्यालुटो बाइकको मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ पर्दछ । यो दुई रंगमा उपलब्ध रहेको छ । यो युनिफाइड ब्रेकिङ सिस्टको बाइक हो ।

यसमा एयर कूल्ड, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ इन्जिन ब्लू कोर डेभलपमेन्टमा आधारित छ ।

१२५सीसी क्षमताको स्यालुटो बाइक १८० एमएम हाइ ग्राउण्ड क्लििर्यान्स, आरामदायी सिट किक र इलेक्ट्रिक स्टार्ट सिस्टम लगायतको फिचर भएकाले पनि यसको लोकप्रियता फरक छ ।

यसमा सिंगल सिलिण्डर, अगाडिको बे्रक डिस्क र पछाडि ड्रम फ्रन्ट बे्रक, ट्युबलेस टायर, रहेको छ । यसको इन्धन क्षमता ७.६ लिटर र रिजर्भ फ्यूल क्षमता भने १.१० लिटर रहेको छ ।

यामाहाका कुन बाइकको कति मूल्य ?
यामाहाको न्युनतम २ लाख २४ हजारदेखि ९ लाख रुपैयाँसम्मका बाइक नेपाली बजारमा उपलब्ध छन् । मूल्य मोडेल अनुसार फरकफरक रहेको कम्पनीले जनाएको छ ।

यामाहाको एसजेट–आरआरको २ लाख ४६ हजार ९ सय रुपैयाँ, एफजेट भीटुको २ लाख ८९ हजार ९ सय रुपैयाँ मूल्य पर्दछ ।

यस्तै, एफजेटएस भीटुको ३ लाख १४ हजार ९ सय, एफजेटएस भीथ्रीको ३ लाख ३४ हजार ९ सय, एफएजेटइआर–२५ को ४ लाख १४ हजार ९ सय, एमटी–१५ को ४ लाख ४२ हजार ९ सय, एफजेट–२५को ४ लाख ४७ हजार ९ सय, आर१५ भीथ्रीको ४ लाख ८१ हजार ९ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एक्सटीजेट १५० एफआईको भने ५ लाख ३९ हजार ९ सय रुपैयाँ मूल्य रहेको छ । यामाको सबैभन्दा बढी मूल्य पर्ने आरथ्री बाइक रहेको छ । जसको मूल्य ९ लाख २४ हजार ९ सय रुपैयाँ पदर्छ ।

के-के छन् दशै अफर ?

यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित नयाँ अफर ल्याएको छ । यामाहा कम्पनीले ‘रेस फर दि एस’ अफर सार्वजनिक गरेको हो ।

यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याचमार्फत न्यूनतम ८ हजारदेखि १ लाख रुपैयाँसम्म स्योर सट छुट पाउनेछन् ।

साथै कम्पनीको मोटरसाइकलको खरिद गर्दा १२ तोलासम्म सुन उपहार जित्न सकिनेछ । ‘रेस फर दि एस’ स्किम अन्तर्गत बम्परमा एकजना भाग्यशाली विजेताले १२ तोला सुन उपहार पाउने यामाहाले जनाएको छ ।

त्यसैगरी लक्की ड्रमार्फत हरेक हप्ता एकजना भाग्यशाली विजेताले ४ तोला सुनको एक्का तास उपहार स्वरुप पाउने कम्पनीले जनाएको छ ।

बम्परमा भने एकजना भाग्यशाली विजेताले ४ तोला तौल भएको तीनवटा एक्का तास अर्थात १२ तोला सुन उपहार पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस