कोरोना काभ्रे: आज थपिए १५ जना संक्रमित, ११ जना निको भए

नौलो समाचार संवाददाता
२०७८ आश्विन ५, मंगलबार मा प्रकाशित ६६६ पटक पढिएको
कोरोना काभ्रे: आज थपिए १५ जना संक्रमित, ११ जना निको भए

असोज ५, काभ्रे। काभ्रेमा आज १५ कोरोना संक्रमित थपिएका छन्। आजै जिल्लाभर ११ जना संक्रमित उपचार पछी निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा १२५ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित बढेका छन्।

यस्तै आज काभ्रेमा थपिएका १५ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपामा ६ जना, धुलिखेलमा ५, पाँचखालमा ३, मण्डनदेउपुरमा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १४ हजार ५११ पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

आज काभ्रेको विभिन पालिकामा गरी ४४० जनाले भेरोसेलाको पहिलो दोश्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख ५६ हजार ४१८ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस