देशभर १३ सय ३० जना संक्रमित थपिदा, १८ सय ३० डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७८ आश्विन ५, मंगलबार मा प्रकाशित ८९० पटक पढिएको
देशभर १३ सय ३० जना संक्रमित थपिदा, १८ सय ३० डिस्चार्ज

असोज ५, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर एक हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ६२२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १ हजार ३३० जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर १ हजार ८३० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा ५ एक जना संक्रमितको मृत्यु भएको छ।

देशभर २१ हजार ५२४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५५ हजार २४२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।


प्रतिक्रिया दिनुहोस