पनौतीका सबै वडामा भोलि बुधबारदेखि भेरोसेलाको दोश्रो मात्रा खोप लगाईने

नौलो समाचार संवाददाता
२०७८ आश्विन ५, मंगलबार मा प्रकाशित ७३५ पटक पढिएको
पनौतीका सबै वडामा भोलि बुधबारदेखि भेरोसेलाको दोश्रो मात्रा खोप लगाईने

असोज ५, काभ्रे। पनौती नगरपालिकाको सबै वडामा भोलि बुधबारदेखि भेरोसेलाको दोश्रो मात्रा (डोज) खोप लगाईने भएको छ। आज पनौती नगरपालिकाले जारी गरेको सूचनामा नगर क्षेत्रका १२ वटै वडाका विभिन्न खोप केन्द्रमा भेरोसेलाको दोश्रो मात्रा खोप लगाईने उल्लेख गरिएको छ।

भेरोसेलाको पहिलो मात्रा लगाएको २१ दिन पुगेका नागरिकहरुले दोश्रो मात्रा लगाउने नगरपालिकाले अनुरोध गरेको छ।

बुधबार बिहान १०: ३० देखि दिउसो ३:३० सम्म खोप केन्द्रमा गई खोप लगाउन सकिने सूचनामा जनाईएको छ।

खोप लगाउन आउदा अनिवार्य मास्क लगाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि नगरपालिकाले अनुरोध गरेको छ।

काभ्रेका अन्य पालिकहरुमा पनि बुधबारदेखि नै भेरोसेलाको दोश्रो मात्रा खोप लगाईने बताईएको छ।

नगरपालिकाद्वारा जारी सूचना:

प्रतिक्रिया दिनुहोस