काँग्रेस अधिवेशन: काभ्रेमा १ सय २६ वडामा निर्वाचन सम्पन्न, ७ वडामा स्थगित, केहिमा आज निर्वाचन हुदै

नौलो समाचार संवाददाता
२०७८ आश्विन ६, बुधबार मा प्रकाशित ९९४ पटक पढिएको
काँग्रेस अधिवेशन: काभ्रेमा १ सय २६ वडामा निर्वाचन सम्पन्न, ७ वडामा स्थगित, केहिमा आज निर्वाचन हुदै

असोज ६, काभ्रे। नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तरगत काभ्रेमा वडा अधिवेशन जारी छ। हिजो मंगलबारबाट सुरु भएको काभ्रेका १३ वटा पालिकाका १ सय ३५ वडा मध्ये १ सय २६ वडामा निर्वाचन सम्पन्न भएको छ।

जिल्लाका केहि पालिकाका केहि वडामा बाहेक सबै क्षेत्रमा निर्वाचन तथा सर्वसम्मतिमा अधिवेसन सम्पन्न भएका छन्। जिल्लाका दुईवटा वडामा धाधलीको आरोप र ७ वटा वडामा निर्वाचन स्थगित भएको छ।

जिल्ला निर्वाचन अधिकृत राजेन्द्र प्रसाद लामिछानेका अनुसार काभ्रेका १३ पालिकाका १ सय २६ वडामा निर्वाचन सम्पन्न भएको जानकारी दिनुुुभयो। पनौती नगरपालिका वडा नं १० र ११, बनेपा नगरपालिका वडा नं ९, नमोबुद्ध नगरपालिका वडा नं १, धुलिखेल नगरपालिका वडा नं १२, भुम्लु २, रोशी ५ मा निर्वाचन स्थगित भएको निर्वाचन समितिले जानकारी दिएको छ।

जिल्लाको ७ वटा गाउँपालिका मध्ये ६ वटा गाउँपालिकाका वडाहरूमा अधिवेशन विवाद रहित ढंगले सकिएको छ।

डाँडापारी क्षेत्रमा पर्ने महाभारत र खानीखोला गाउँपालिकाका सबै वडाहरूमा अधिवेशन सकिएको छ। त्यस्तै तेमाल, रोशी, बेथानचोक र चौरीदेराली गाउँपालिकाका वडाहरूमा पनि उत्साहपूर्ण रुपमा अधिवेशन सकिएको छ।

जिल्लाको ६ वटा नगरपालिका मध्ये मण्डनदेउपुर र पाँचखाल नगरपालिकामा मात्रै विवाद रहित ढंगले अधिवेशन सकिएको छ।

निर्वाचन भएका मध्ये भुम्लु गाउँपालिकाको  वडा नं १ र ८ मा बहुमत सदस्यको अनुपस्थितिमा वडा अधिवेशन गरेको गुनासो आएको छ।

स्थगित भएका पनौती ११ र रोशी ५ को आज बुधवार निर्वाचन तोकिएको छ।  निर्वाचन समितिले जानकारी दिए अनुसार ६ पालिकाका ७ वटा वडामा निर्वाचन स्थगित भएको छ।


प्रतिक्रिया दिनुहोस