गुल्मीमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ आश्विन ६, बुधबार मा प्रकाशित ३०३ पटक पढिएको
गुल्मीमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु
फाइल फोटो

असोज ६, गुल्मी। गुल्मीमा गएरातिको भिषण बर्षा कारण पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ। रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्कामा पहिरो जाँदा स्थानीय तिलक परियारका तीन छोरीको मृत्यु भएको हो।

मृत्यु हुनेमा २१ बर्षकी भावना र १४ बर्षका जुम्ल्याहा गंगा र जमुना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभएको छ।

राती करिब १ बजे घरमाथिबाट पहिरो आएपछि सुतिरहेका उनीहरुको पुरिएर मृत्यु भएको हो । घरका अन्य ब्यक्तिहरु भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । नेपाली सेना र नेपाल प्रहरीले पुरिएकाहरुको शव निकालेको छ ।


प्रतिक्रिया दिनुहोस